प्रधानमन्त्री भेन्टिलेटरमा
काठमाडौँ। एपेन्डिसाइटिस को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार जारी छ। उनको उपचार भईरहेको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार मंगलवार राती अबेरसम्म स्वास्थ्य अवस्था स्थिर छ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलवार बिहान ९ बजे अस्पताल पुर्याईएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई एपेन्डिसाइटिस का साथै पेरिटोनाईटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ल्यापरोटोमी (पेटलाई पुरा चिरेर गरिने शल्यक्रिया) र एपेंडेकटोमी( एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो।
सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेसटाईनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सा डा. रमेशशिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि सेन्टरले मंगलवार दिउँसो र साँझ गरि दुईपटक बिज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थिति स्थिर रहेको जनाएको छ।
यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन।
प्रधानमन्त्री केपी शर्मा ओली