News

रोजगारीका लागि भारत जाने नेपालीको लर्को, आफ्नै देशमा गरि खाने दिन कहिले आउला

रोजगारीका लागि भारत जाने नेपालीको लर्को, आफ्नै देशमा गरि खाने दिन कहिले आउला

नेपालगञ्ज । चाडपर्व सकिएलगत्तै नेपालबाट रोजगारीका लागि दैनिक सयौँ नेपाली भारत जाने क्रम फेरि सुरु भएको छ । कर्णाली प्रदेश र प्रदेश ५ का पहाडी र तराई जिल्लाबाट आएर नेपालगञ्ज हुँदै भारत पस्ने नेपालीको हरेक दिन ओइरो लाग्दै आएको छ ।

सीमा नाकामा रहेको प्रहरीका अनुसार कर्णाली प्रदेश र प्रदेश ५ का पहाडी र तराई भेगका सयौँ युवा कामका लागि भारतका विभिन्न सहर जाने क्रम बढेको छ । खेतीपाती र दशैँ तिहारजस्ता ठूला चाडपर्व सकेपछि गाउँमा केही काम नहुने भएकाले आफ्नो वर्षभरिको खर्चको जोहो गर्न हजारौँ नेपाली युवा भारत जाने गरेका छन् । चाडपर्व मनाउन आएका पनि फेरि खर्च जुटाउन मुग्लान जान थालेका हुन् ।

नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरी चौकीका अनुसार जमुनाह नाका हुँदै अहिले दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा नेपाली भारत जाने गरेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।  

रोजगारी

विशेष