नागढुंगा सुरुङ सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक
काठमाडौँ। बहुचर्चित आयोजनाका रूपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ।
आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फोटक पदार्थ आवश्यकता परेको हो। सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनाले जनाएको छ।
‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात् विस्फोटन र खन्ने पद्धतिअनुसार सुरुङको कामका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताउनुभयो। ‘सुरुङ निर्माणका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग छ। यसका लागि हामीले प्रक्रिया थालिसकेका छौं।
खरिद प्रक्रियामा सहमतिका लागि फाइल उठिसकेको छ।’ –उहाँले भन्नुभयो। आयोजनाले गएको हप्ता विस्फोटक पदार्थ माग भएबमोजिम फाइल उठाई प्रक्रियामा लगिसकेको छ।
यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन।
नागढुंगा सुरुङमार्ग