News

बुधवार यसरी गर्नुहोस श्री गणेशको आराधना, मिल्नेछ सुख समृद्धि

बुधवार यसरी गर्नुहोस श्री गणेशको आराधना, मिल्नेछ सुख समृद्धि

भगवान गणेश बुद्धिका देवता हुन् ।  बुधवारको दिन यदि भगवान गणेशलाई प्रसन्न पार्न सकेको खण्डमा हरेक मनोकामना सिद्ध हुने मान्यता रहेको छ।  

भगवान गणेश हरेक दुख कष्ट हर्ने देवता हुन त्यसैले गर्दा उनलाई बिघ्नकर्ताका नामले पनि चिन्ने गरिन्छ। यहि कारणले गर्दा कुनैपनि पुजा गर्नुभन्दा अगाडी भगवान गणेशको आराधना गर्ने गरिन्छ।  

भनिन्छ बुधवारको दिन भगवान गणेशको पुजा आराधना गर्नाले घरमा सुख समृद्धि बढ्नुका साथै बुध दोषबाट पनि छुटकारा पाइन्छ 

बुधवार यसरी गर्नुहोस श्री गणेशको पुजा 

 -बुधवार गणपतीलाई सिन्दुर चढाउनाले हरेक समस्या समाधान हुन्छ।  

-बुधवार गाईलाई हरियो घाँस खुवाउनाले पनि गणेशजीको कृपा रहन्छ।  

-मुंगको दाल दान गर्नाले बुध दोषबाट मुक्ति पाइन्छ।  

-बुधवार गणेशलाई दुबो अर्पण गर्दा भगवान खुसि हुने मान्यता रहेको छ।  

गणेशलाई खुसि पार्न अपनाउनुहोस् यी उपाय 

-बुधवारको दिन घरमा सेतो गणेशको मुर्ति स्थापित गर्नाले हरेक किसिमको तान्त्रिकशक्तिको नाश हुने बिश्वास गरिन्छ।  

-घरमा नकारात्मक शक्ति प्रवेश हुन नदिनका लागि घरको मुख्य ढोकामा गणेशको तस्बिर राख्नु आवश्यक छ। 

-घर झगडा  अन्त्य गर्नका लागि दुबोले श्री गणेशको प्रतिमा स्थापना गरि हरेक दिन पुजा आराधना गर्नाले पारिवारिक सुख शान्ति प्राप्त हुन्छ।  

- आर्थिक समस्या परेको छ भने बुधवारको दिन गणेशलाई घ्युको लड्डु चढाउनु पर्छ।  

-चडाईएको उक्त लड्डु गाईलाई खुवाउदा बिशेष लाभ हुने देखिन्छ।  

 

बुधवार गणेश पुजा

विशेष