News

गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु ४ जना घाइते

गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु ४ जना घाइते

गुल्मी। गुल्मीमा गएराति जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य  ४ जना घाइते भएको छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।

दुर्घटनामा सत्यवती–३ का २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते भएका छन् । घाइते चारै जनाको उद्धार गरि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिप र जीपका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

जीप दुर्घटना गुल्मी बन्द

विशेष