News

निर्मला हत्याका दोषी पक्रँदै प्रहरी 

निर्मला हत्याका दोषी पक्रँदै प्रहरी 

निर्मला पन्त हत्याकाण्डबारे बुझ्न बाँकी केही छैन । तर काम पनि अघि बढ्दैन । गर्नुपर्ने काम गरिहाले प्रहरी मात्र हैन, सरकारसम्मको सफलता मानिन्छ । तर अझै काम ठप्प छ । घटनालगत्तैको अनुसन्धानमा लापरवाही गरेको भन्दै एसपी डिल्लीराज विष्टले जागिर गुमाए । सीआईबीबाट खटिएका डिएसपी अंंगुर जिशी अनुसन्धान प्रक्रियालाई गिजोलेको नाममा निलम्बित छन् ।

त्यसपछि खटिएका कुनै पनि प्रहरी प्रमुखले यसबारे कुनै सिन्को भाँचेनन । कुवेर कडायत गए, पावर लगाएर काठमाडौं फर्किए । अनिले दिनेश आचार्य छन् । ‘काम हुन्छ तर त्यो भन्दा अगाडि मेरो सरुवा हुनुपर्छ’ भन्दैछन् । कारण रहेछ, केपी सरकारलाई यही घटनाबाट सेक्नुपर्ने कांग्रेसको बुझाइ । डिएनएबाहेक सबै प्रकारका अनुसन्धानबाट दोषी करार भइसकेका दिलीपसिंह विष्ट पक्राउ पर्न नहुनेमा स्थानीय कांग्रेसजन प्रतिष्ठाकै विषय बनाएर तल्लीन छन् ।

यही कुरामा अडिग हुँदा एसपी कडायत निश्चित भइसकेको बढुवामा परेनन् । उनलाई त्यहीँ राखेर यो काम फत्ते गराउने हेडक्वार्टरको योजना थियो । तर, सुपका अनेकन नेता लगाएर त्यहाँबाट खेदिए । यता गतिलो ठाउँमा राखिएन । पहरा गणमा छन् । 

गतहप्ता यो काण्डको अन्तिम किनारा लगाउन धनगढी पुगेका आईजी सर्वेन्द्र खनालले भनेका छन्– ‘निर्मला काण्ड नसल्टाई मैले रिटायर्ड हुनुपर्यो भने त्यसको दुखले क–कसलाई तान्छ, सबैले ख्याल राख्दा हुन्छ । अर्को समस्या हो, अनुसन्धान टुंगिएर दोषी बनाइसकिएको दिलीपसिंह विष्टलाई नै समात्ने हो भने त्यो काम फत्ते गर्ने प्रहरीले कुनै बहादुरी कमाउने हैन, मात्र अंगुरको ठहरलाई कार्यान्वयन गर्ने हो ।

यस्तो गनगन, पानीमरुवा शैली देखेर हैरान भएका आईजीले धनगढी र इन्टरपोल हेर्ने प्रमुख अधिकारीहरुसंगै काठमाडौं फर्कनासाथ एउटा टीम बनाएका छन् । त्यसले १४ गतेको उपचुनावलगत्तै छापामार शैलीमा महेन्द्रनगरबाट मान्छे उठायो भने अचम्म नमाने हुन्छ । 

जनआस्था साप्ताहिकबाट साभार ।

निर्मला पन्त प्रहरी

विशेष