प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, राम्रोसंग कुराकानी गर्न थाले
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति माग गरे अनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल पुगेका थिए। परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा मंगलबार नै अप्रेसन गरिएको थियो। अप्रेसनपश्चात् उनलाई सघन उपचार कक्ष (आइसीयू) मा राखिएको थियो।
एपेण्डिसिइटिसको अप्रेसनको १२ घण्टा नाघेपछि पानी, कालो चिया सहितका तरल खानेकुरा खुवाउन सुरु गरिन्छ। त्यसपछि विस्तारै अर्थतर खानेकुरा खुवाइर बानि पार्ने गरिन्छ। तर, प्रधानमन्त्रीको पेटमा एपेण्डिसाइटिस् मात्र नभएर अन्य संक्रमण पनि भएकाले ल्याप्रोस्कोपी गर्न नमिलेपछि चिरेरै प्रधानमन्त्रीको अप्रेसन गरिएको थियो।
त्यही कारण प्रधानमन्त्रीलाई मुखबाट खाना खुवाएको नखुवाएको भन्ने बारे भने खुलाइएको छैन।
प्रधानमन्त्री ओली स्वास्थ्य सुधार