पोखरामा प्रचण्डले सम्बोधन गर्ने चुनावी सभा नजिकै बम विस्फोट

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावी सभा परिसर नजिकै बम विस्फोट भएको छ ।
कास्की पोखरास्थित नयाँबजारमा उक्त बम बिष्फोट भएको जनाईएको छ। नेकपाले चुनावी सभा आयोजना गरेको स्थलभन्दा करिब दुई सय मिटर नजिक बिस्फोट भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताएका छन।
नेकपाले बुधबार आयोजना गरेको चुनावी सभामा सहभागी हुन प्रचण्ड पोखरा पुगिसकेका छन्। सोहि चुनावी सभालाई लक्षित गर्दै बिस्फोट भएको हो।
नेकपा नेता सुवासचन्द्र नेम्वाङले भाषण गरिराखेका बेला बिस्फोटको आवाज सुनिएको थियो।
बम बिष्फोट पोखरा