काठमाडौंमा वडा सचिव घुससहित पक्राउ
काठमाडौं – गोकर्णेश्वर नगरपालिका-५ का वडा सचिव घुससहित पक्राउ परेका छन्।
वडा सचिवदिनेश बास्कोटाले सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २५ हजार घुस लिइ रहेकाे अवस्थामा पक्राउ परेका हुन्।
नगरपालिका-६ स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको हाे । उनीमाथि अनुसन्धान भइरहेको छ।