विदेश

अर्काको श्रीमतीसँग सम्बन्ध राखेपछि धर्मगुरुले भेटे २८ लौरी, स्त्रीलाई २३ लौरी 

अर्काको श्रीमतीसँग सम्बन्ध राखेपछि धर्मगुरुले भेटे २८ लौरी, स्त्रीलाई २३ लौरी 

एजेन्सी । व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ । परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि इण्डोनेशियामा आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीले जनाएको छ ।

उनीसँग सम्बन्ध राख्ने महिलालाई भने २३ पटक बेतको छडीले हानिएको छ । एउटा पर्यटकीय समुद्री तटमा कारभित्र यौन क्रियाकलापमा संलग्न रहेको बेला उनीहरू समातिएका थिए ।

इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक शरिया कानुन अभ्यास गरिन्छ । आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडीले हानिन्छ । “यो अल्लाहको कानुन हो । जो कोही पनि दोषी साबित भएमा कोर्रा खानुपर्छ,” आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले भने।

उनीहरूलाई बिहीवार दण्ड दिइएको र मुखलिसलाई काउन्सिलबाट निष्काशन गरिएको हुसेनीले बताए । दण्ड पाउने ४६ वर्षीय पुरुष सन् २००५ मा शरिया कानुन लागु भएयता व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु भएको बताइएको छ ।

आचेमा काउन्सिलले स्थानीय सरकार र संसद्‍लाई शरिया कानुन बनाउन र लागु गर्न सहयोग गर्छ ।

सन् २०१७ मा त्यहाँ दुई पुरुषलाई यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेपछि ८३ पटक बेतको लौरोले हानिएको थियो ।
 

विशेष