News

५ रेक्टर स्केलको भूकम्पको धक्का, केन्द्रबिन्दु सिन्धुपाल्चोक

५ रेक्टर स्केलको भूकम्पको धक्का, केन्द्रबिन्दु सिन्धुपाल्चोक

सिन्धुपाल्चोक– गएराति १० बजेर ८ मिनेट जाँदा काठमाडौँ लगायत अन्य जिल्लामा भुकम्पको धक्का महशुस गरिएको छ ।  

 सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भई भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ५ रेक्टर स्केल मापन गरिएको छ ।  

भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायत स्थानसम्म महसुस भएको थियो ।

०७२ वैशाख १२ मा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि लामो समय परकम्प गएको थियो । बुधबार राति भने परकम्प नभएर नयाँ भूकम्प नै गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्प सिन्धुपाल्चोक

विशेष