सागमा सहभागी हुन सातै देशका प्रधानमन्त्री नेपाल आउने सम्भावना
काठमाडौँ। आइतबारदेखि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुन् सदस्य मुलुकका प्रधानन्त्रीसमेत नेपाल आउने भएका छन्।
सागको अन्तिम तयारीमा जुटिरहँदा भुटानका प्रधानमन्त्री लोटे छिरिङ र बंगलादेशका प्रधानमन्त्री शेख हसिना नेपाल आउने राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले जनाएको छ । प्रतियोगितामा सहभागी हुन सातवटै मुलुकका खेलकुदमन्त्री र सचिव नेपाल आउने बताइएको छ।
परिषद्का सदस्य–सचिव रमेश सिलवालले भुटान र बंगलादेशका प्रधानमन्त्री नेपाल आउने लगभग पक्का भएको जानकारी दिँदै भन्नुभयो– ‘सबै देशका प्रधानमन्त्री र राष्ट्रपतिसहित सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निमन्त्रणा दिएका थियौं, तीमध्ये भुटान र बंगलादेशका प्रधानमन्त्री उपस्थित हुने प्रायः निश्चित भइसकेको छ।’
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)