News

हुम्लामा टिपर दुर्घटना, मृत्यु हुनेको संख्या ४ पुग्यो

हुम्लामा टिपर दुर्घटना, मृत्यु हुनेको संख्या ४ पुग्यो

सिमकोट।  हुम्लामा भएको टिपर दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । 

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य एक जनाको उपचारको क्रममा मृत्यु भएको बताईएको छ।  

मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र  नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही र  जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ निवासी बक्त रोकाया रहेको छन।  

दुर्घटनामा परि घाइते अन्य ९ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बोहराले बताएकी छन्। चालकले अत्याधिक मदिरा सेवन गरेकाले टिपर दुर्घटना भएको बताईएको छ।घटनापछि स्थानियवासीले काभ्रे जिल्ला बुद्धनगरपालिका ११ भालुखर्क घर भएका टिपर चालक आनन्द तामाङलाई प्रहरीसमक्ष बुझाएका थिए।

 

हुम्ला टिपर दुर्घटना

विशेष