विदेश

यसकारण ट्रोलको शिकार भईरहेका छन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

यसकारण ट्रोलको शिकार भईरहेका छन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी ट्रोलको शिकार हुन पुगेका छन ।  उनले आधिकारिक ट्विटर अकाउन्ट मार्फत एक तस्बिर शेयर गरेका छन जहाँ उनले बक्सर रकी बाल्बोआको फोटोमा आफ्नो फोटो राखेका छन।  

फोटोसपबाट बनाईएको यस तस्बिरमा ट्रम्पले कुनै पनि क्याप्सन लेखेका भने छैनन्।  वास्तवमा यो तस्बिर हलिउड चलचित्र रकी थर्डका अभिनेता सिल्वेस्टर स्टेलोनको हो।  

यस चलचित्रमा अभिनेता सिल्वेस्टर स्टेलोन बक्सर रकी बाल्बोआको भूमिकामा देखिएका थिए।  यति बेला ट्रम्प थैंक्सगिविंग गल्फ क्लबमा छुट्टी मनाईरहेका छन।  

ट्रम्पले यस्तो तस्बिर शेयर गरे पछि उनको नक्कल गर्दै कतिले उनको बचपनको त कतिले टेनिस खेल्दै गरेको तस्बिर पोस्ट गरिरहेका छन। 

कतिपयले त ट्रम्पलाई फोटोसपको मास्टर समेत भनेका छ। भने कतिले शेयर गरेको तस्बिर हेर्दै थाहा हुन्छ डोनाल्ड बाहिर एउटा र भित्रबाट हेर्दा उनको सच्चाई बिल्कुल फरक छ।  ट्विटर हैंडलरले बराक ओबामाको तस्बिर पोस्ट गर्दै असली राष्ट्रपतिको फोटोसप गर्नु जरुरत छैन भन्दै लेखेका छन।  

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप

विशेष