News

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, विज्ञप्ति जारी गर्दै अस्पतालले दियो यस्तो जानकारी

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, विज्ञप्ति जारी गर्दै अस्पतालले दियो यस्तो जानकारी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भईरहेको   त्रिवि शिक्षण अस्पतालले जनाएको छ।  

मंगलवार अचानक पेटमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनको एपिन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिराखिएको छ । उनलाई अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यस्थिति बारे जानकरी दिने उदेश्यले बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा. उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन।  

प्रधानमन्त्री ओली स्वास्थ्य स्थिति

विशेष