राजा नबोकौं भन्दा निकालिएँ : ज्ञानेन्द्र शाही
भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले राजा नबोक्ने र सुशासनको आवाज उठाउनेहरुको पनि सम्पत्ति छानविन गर्नुपर्छ भन्ने अभिव्यक्तिका कारण आफू निष्काशनमा परेको बताएका छन् ।
दार्चुलामा रहेका शाहीले नेपाल आजसंगको संक्षिप्त प्रतिक्रियामा कार्यसमितिमा आफ्नो बहुमत रहेको जिकिर गरे । नेपालका लागि नेपाली अभियानको मंसिर ११ बसेको केन्द्रीय समितिको बैठकले शाहीलाई निकाल्ने निर्णय गरेको थियो ।
अभियानले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘मंसिर ११ गते उप्रान्त शाहीले दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको कुनै पनि संलग्नता, सहभागिता र नरहने र यस अभियानमा निज ज्ञानेन्द्र शाहीको कुनै पनि जिम्मेवारी नरहने व्यहोरा जानकारी गराइन्छ ।’
ज्ञानेन्द्र शाही भ्रष्टाचार विरोधी