News

इन्जिनियर अढाइ लाख घुससहित पक्राउ

इन्जिनियर अढाइ लाख घुससहित पक्राउ

काठमाडाैँ –  धनगढीमा एक जना इन्जिनियरलाई अढाइ लाख घुससहित पक्राउ परेकाे छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले  उनबलाई पक्राउ गरेको हो।

अख्तियारबाट खटिएको टोलीले शुक्रबार धनगढीस्थित शहरी विकास तथा भवन निर्माणको संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर त्रिलोक जोशीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ। 

सेवाग्राहीबाट लिएको २ लाख ५० हजार रकम आफ्नो कार्यकक्षको टेबुलमुनी लुकाएको अवस्थामा उक्त रकम सहित जोशीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ। रकमसहित पक्राउ परेका जोशीलाई थप अनुसन्धानका लागि महेन्द्रनगर लगिएको छ।

विशेष