News

जंगली हात्तीको आक्रमणबाट चौकीदारको मृत्यु

जंगली हात्तीको आक्रमणबाट चौकीदारको मृत्यु

भद्रपुर। जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदारको मृत्यु भएको छ ।

झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका  कैयाराम क्षेत्रीको गएराति जङ्गली हात्तीको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण कार्यालय प्रमुख विष्णुलाल घिमिरे बताउछन। 

मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पुर्‍याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए । मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन बन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले जङ्गलतिर लखेटेको थियो ।

शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ ।

जंगली हात्ती

विशेष