नेपालका विषयमा अरुले गरेको निर्णय अमान्य : प्रचण्ड (भिडियोसहित)
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत–चीन मिलेर नेपाल सरोकार रहेको विषयमा गरिएका निर्णय आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।
नेपाल– चाइना मिडिया फोरमले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले सीमालगायतका विषयमा हुने छलफलमा नेपालको सहभागिता आवश्यक रहेको बताउनुभयो ।
भारत र नेपाल दुवै देशमा अहिले शक्तिशाली सरकार रहेकाले कुटनीतिक माध्यमबाट सीमा विवाद मिलाउनुपर्ने उहाँको धारणा छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा आफू छिट्टै चीन जान लागेको जानकारी दिँदै उहाँले यसले राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘नेपालमा कोही प्रो इण्डियन, कोही प्रो चाइनिज, कोही प्रो अमेरिकन भनेर मानिसको कित्ताकाट हुने गरेको छ । तर सर्वप्रथम हामी प्रो नेपाली हुनुपर्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भन्नुभयो ।
नेपालमा जुन सरकार आएपनि एक चीन नीतिप्रति प्रतिवद्ध हुने गरेको उदाहरण दिँदै उहाँले बीआरआई आफ्नै नेतृत्वको सरकारले समर्थन गरेको स्मरण गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो– ‘मिडियाले उठाएका विषयले जनस्तरको धारणा बन्ने भएकाले राष्ट्रियताका विषयमा कलम चलाउँदा पत्रकारहरु सन्तुलित हुन जरुरी छ ।’
भारत–चीन