News

दैलेखमा माइक्रोबस दुर्घटना ३ जनाको मृत्यु, १३ घाइते

दैलेखमा माइक्रोबस दुर्घटना ३ जनाको मृत्यु, १३ घाइते

दैलेख। दैलेखको गुराँस गाउँपालिकामा माईक्रोबस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।  

सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना भएको हो।  दुर्घटनामा परि अन्य १३ जना घाइते भएका छन।  

दुर्घटनामा परी २ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि ओलीले जनाएका छन।  उनीहरुको सनाखत भने हुन सकेको छैन।  

घाइतेहरुलाई उपचारका लागि सुर्खेततर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

माइक्रोबस दुर्घटना दैलेख

विशेष