News अपराध सुरक्षा

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौं । प्रहरी र सेनाको नक्कली कागजात र पुलिस रिपोर्ट बनाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले गिरोहमा संलग्न तीन जनालाई पक्राउ गरेकाे हाे।

 पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी र चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती रहेका छन् । बिहीबार पक्राउ परेका उनीहरुलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित उनीहरुलाई सीआईबीले पक्राउ गरेको हो। 

सीआईबी प्रवक्ता बेल बहादुर पाण्डेका अनुसार सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् । उनीहरुलाई फोटो स्टुडियोबाट नियन्त्रणमा लिएको प्रवक्ता पाण्डेले बताए। ।

हाल सामाखुशी बस्ने ओखलढुंगाका तोलांगीलाई प्रहरीले गोंगबु टाउन प्लानिङबाट पक्राउ गरेको हो । उनको साथबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र कालिमाटीको सिफारिस पत्र, महानगरीय प्रहरी वृत्तको खाली लेटरप्याड, जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी भएको नागरिकता, तनहुँबाट जारी भएको नागरिकता, आन्तरिक राजस्व कार्यालयको स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेको सीआईबीले जाकारी दिएको छ ।


त्यसैगरी सुर्खेतीको साथबाट प्रहरीले सुरक्षा तालिम, हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ४ वटा प्रमाणपत्र बरामद गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बलको विशेष कार्यदल गण हलचोकको स्पेसल टाक फोर्सको प्रमाणपत्र बरामद गरेको छ । त्यर्सै गरी जोरपाटीको चामुन्डा माविको मार्कसिट, रिदी माविको चारित्रिक प्रमाणपत्र अस्फोडेल पब्लिक स्कुल, माइलस्टोन इन्टरनेशनल कलेजको शैक्षिक प्रमाणपत्र विभिन्न व्यक्तिको राहदानी नेपाली सेनाको सिफारिसपत्र प्रहरीले बरामद गरेको छ ।

दवाडीको साथबाट पुलिस रिपोर्ट, प्लस टुको ट्रान्सकिप्ट, माइग्रेसन सर्टिफिकेट, शान्ति विद्यागृह विद्या गृह उच्च मावि लैनचौरको खाली सर्टिफिकेट बरामद गरेको छ ।

विशेष