News राजनीति प्रदेश ७

मुस्कान र मतदान

मुस्कान र मतदान

खानेपानीमन्त्री विना मगरले कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ३ मा  मतदान गरेकी छन्।

गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर मन्त्री मगरले मतदान गरेकी हुन्  । 

एक हजार एक सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० छन्।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थिय ।

उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका कृष्णबहादुर तामाङ, नेपाली कांग्रेसका दीपबहादुर तामाङ, समाजवादी पार्टीका भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही उम्मेदवार छन्।

विशेष