त्रिदेशीय सम्बन्धले मुलुक समृद्ध हुन्छ : दाहाल
काठमाडौँ। सत्तारूढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू ‘टु प्लस वान’को पक्षमा नरहेको बताएका छन् ।
नेपाल चीन मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले टु प्लस वान नभई आफू त्रिदेशीय सम्बन्धको पक्षमा रहेको बताए । नेपाल, भारत र चीनबीचको त्रिदेशीय सम्बन्धले नै मुलुकलाई समृद्ध बनाउन सकिने बताउँदै उनले त्रिदेशीय सम्बन्धको पक्षमा आफू रहेको बताए ।
अध्यक्ष दाहालले नेपाल, भारत र चीनसम्बन्धबारे टु प्लस वान नभई त्रिदेशीय सम्बन्ध नै हुनुपर्ने भन्दै मुलुकको विकास, समृद्धि र स्थायित्वका लागि यसमा मिडियाको समेत भूमिका महत्वपुर्ण हुने बताए ।
नेपाली जनताको सामाजिक–आर्थिक विकासको चाहना साकार तुल्याउन सन्तुलित सम्बन्धको जगमा सहायता जुटाउन केन्द्रित हुनुपर्ने भन्दै उनले त्रिदेशीय सम्बन्धको विस्तारमा आफू लागेको बताए ।
भारतसँगको सीमा समस्या राजनीतिक एवं कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले उत्तेजना र आवेग त्यागेर शालीन ढंगले समस्याको निरूपण खोज्नुपर्ने बताए ।
उनले भने, ‘कालापानीबारे हामीले गम्भीर रूपमा भारतको ध्यानाकर्षण गराएका छौं, दुवै देशमा स्थिर सरकार रहेकाले समाधान खोज्न पनि सहज हुनेछ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।