News

डोटीमा प्रेसर कुकुर बम भेटियो

डोटीमा प्रेसर कुकुर बम भेटियो

डोटीः जिल्लाको आदर्श गाउँपालिका–२ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको छ । मध्यराति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर बम डिस्पोज गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले जानकारी दिए ।

मतदान स्थल नजिक दुई शंकास्पद झोला पनि भेटिएको डोटीका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले बताए । बम बिप्लब नेतृत्वको समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ । (फाइल फोटो) 

डोटी प्रेसर कुकुर बम

विशेष