शनिदोषबाट बच्नका लागि शनिवारको दिन अपनाउनुहोस् यी उपाय, खुल्नेछ भाग्य
काठमाडौँ। हिन्दु धर्म संस्कृतिमा प्रत्येक दिन प्रत्येक भगवानका लागि खास हुने बताइन्छ । प्रत्येक दिन र वारको पनि छुट्टाछुट्टै महत्व रहेको विभिन्न धर्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । आज शनिवार स्वाभावैले शनिवारलाई शनिदेवको बिशेष दिन मान्ने गरिन्छ । नौ ग्रहहरुमध्ये शनि ग्रह सबैभन्दा शक्तिशाली ग्रह हो । त्यसकारण शनिवारको दिन शनिलाई असर पर्ने खालको कुनै पनि काम नगर्न भनि धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
– आज हामी शनिदेवको दोषबाट मुक्ति पाउनका लागि अपनाउनुपर्ने केहि उपायका बारेमा बताउन जादै छौं जसले शनिदोषबाट त मुक्ति पाइन्छ नै तथापी जीवनभर शनिदेवको कृपा रहने बिश्वास गरिन्छ।
– शनिको दोषबाट मुक्ति पाउनका लागि शनिवारको दिन आँखा नभएको मानिसलाई कालो जामुन खुवाउनाले जीवनभर शनिदेवको कृपा रहिरहने बिश्वास गरिन्छ ।
– शनिवारको दिन कालो कुकुरलाई रोटि खुवाउनाले पनि शनिको दोषबाट मुक्ति पाउन सकिन्छ।
– शनिदेवलाई खुसि पार्नका लागि तथा शनिदोषबाट मुक्ति पाउनका लागि शनिवार महामृत्युञ्जयको मन्त्र जप गर्नु आवश्यक छ।
– शनिवारको दिन शनिदेवको मन्दिरमा गई शनिदेवलाई सर्स्युको तेल चढाउदा पनि बिशेष लाभ हुने बिश्वास गरिन्छ।
यदि तपाईलाई शनिदोष छ र शनिदेवको कृपा पाउन चाहनुहुन्छ भने शनिवारको दिन "ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः या ॐ शनैश्चराय नमः मन्त्र जप गर्नुहोस जसले शनिदेवको कृपा त मिल्छ नै साथमा समस्त ग्रहदोषबाट मुक्ति पाइन्छ।
शनिबार शनिदेव पुजा