एम्बुलेन्स दुर्घटनामा परि १ को मृत्यु, ४ घाइते
प्यूठान । प्युठानमा भहेको एम्बुलेन्स दूर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन।
ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स शुक्रबा राति खोलामा खस्दा दुर्घटना भएको हो । गम्भीर घाइते भएका ऐरावती–५ जाडीका २८ वर्षीय रेशम थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्ये धुवाङकै प्रदिप थापा, होतराज थापा, खेमराज थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने लक्ष्मण थापाको प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।
एम्बुलेन्स सडकबाट करिव पाँच सय मिटर तल खोलामा खसेको छ ।