News

रोकिराखेको ट्रकमा बस ठोक्कियो, १४ जना घाइते, एकको अवस्था गम्भीर

रोकिराखेको ट्रकमा बस ठोक्कियो, १४ जना घाइते, एकको अवस्था गम्भीर

चितवन। आज बिहान गाइघाटमा रोकिराखेको ट्रकमा बस ठोक्किदा चौध जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ४ ख ९८१९ नम्बरको बस, बिग्रिएर रोकिराखेको ना ५ ख ९१९७ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त उक्त बसमा ३६ जना यात्रु सवार थिए । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ। 

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका बसचालकको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना

विशेष