पाकिस्तानविरुद्ध वार्नरको शानदार दोहोरो शतक

पाकिस्तानविरुद्ध वार्नरको शानदार दोहोरो शतक

काठमाडौंः पाकिस्तान विरुद्धको टेष्ट क्रिकेट सिरिजको दोस्रो म्याचको पहिलो इनिङ्समै अष्ट्रेलिया टिमका ओपनर डेभिड वार्नरले दोहोरो शतक पूरा गरेका छन् ।

उनले २३ चौकाको मद्दतमा २६० बलमा दोहोरो शतक पूरा गरेका हुन् । उनको दोहोरो शतकसँगै सिरिजको दोस्रो खेलमा पनि अष्ट्रेलिया बलियो अवस्थामा छ ।

टस जितेर ब्याटिङ रोजेको घरेलु टिम अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ९५ ओभरमा २ विकेट गुमाएर ४ सय १६ रन बनाएको छ ।

पहिलो इनिङ्समा अष्ट्रेलियाका मार्नुस मार्नुस लेबासचेन्नी १६२ र ओपनर जो बर्न्स ४ रनमा आउट भएका छन् । दुवैलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले आउट गरेका हुन् । 

टेष्ट क्रिकेट सिरिज डेभिड वार्नर पाकिस्तान भर्सेस अष्ट्रेलिया

संम्बधित खबर

विशेष