News

चितवनमा शान्तिपूर्ण तरिकाले मतदान हुँदै

चितवनमा शान्तिपूर्ण तरिकाले मतदान हुँदै

चितवनः चितवनमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा चलिरहेको छ । जिल्लाको दुई पालिकाको ३ वटा वडामा बिहान ७ बजेदेखि मतदान भईरहेको छ । चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ मा तत्कालीन वडाध्यक्षहरुको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन स्वयम प्रजिअ बस्नेतको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु नै खटिएका छन् । तीन वटा वडामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्रमार्फत मतदान भईरहेको छ ।

यी तीनवटै वडामा हुने उपनिर्वाचनमा १३ हजार ३ सय ४२ जनाले मतदान गर्ने छन् । तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ । मतगणनाका लागि सुरक्षा संयमितता अपनाईएको छ । खैरहनीमा मतगणनाका लागि सीसी क्यामेरा जडान गरिनुका साथै तारजालीको प्रयोग गरिएको निर्वाचन अधिकृत विद्याराज पौडेलले बताए ।

गणनाका क्रममा कुनै अप्रिय घटना नहोस भनेर तारजाली र सीसीक्यामेरा प्रयोग गरिएको उनले बताए । चितवन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

चितवन उपनिर्वाचन मतदान

विशेष