News

३३ वर्ष पूरानो साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को उद्घाटन

३३ वर्ष पूरानो साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को उद्घाटन

काठमाडौंः ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो ३३ वर्ष पूरानो साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को उद्घाटन गरेका छन् । आज एक कार्यक्रम आयोजना गरी मेयर महर्जनले ‘साइकल सिटी’ कार्यक्रमको उद्घाटन गरेका हुन् ।

मेयर मर्हजनले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणबाट कुपण्डोलसम्म उनी आफ्नै साइकलमा यात्रा गरे। ‘३३ वर्ष पहिला रानीपोखरी छेउको पसलबाट किनेर ल्याएको थिएँ’ साइकल किनेको सम्झना गर्दै महर्जनले भने ‘अझै राम्रोसँग चलिरहेको छ।’ अझै पनि बेलाबेलामा साइकल यात्रा गर्ने गरेको उनले बताए।

चिरिबाबु महर्जन ललितपुर महानगरपालि साइकल सिटी

विशेष