News

३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी, २५ प्रतिशत मतदान सकियो

३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी, २५ प्रतिशत मतदान सकियो

काठमाडौँ। ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचनका लागि मतदान गर्ने क्रम जारी छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा समग्रमा २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

देशभर निर्वाध मतदान भइरहेको आयोगले जनाएको छ ।  मतदान साँझ पाँच बजेसम्म रहनेछ । मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ ।

कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन जारी छ ।

विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ । कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै भक्तपुर, बाग्लुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ ।

विशेष