डा. धर्मकान्त बाँस्कोटा त्रिविको उपकुलपतिमा नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा. बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिविको उपकुलपतिका लागि बाँस्कोटासँगै डा. भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए । डा. कोइराला भने नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । डा. बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए ।
डा बास्कोटाको मेडिकल काउन्सिलको अध्यक्षको पदावधि केही महिना अगाडि मात्रै सकिएको थियो ।