News

प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने सरकारको तयारी

प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं । राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ ।उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ ।

सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको नेकपाका एक नेताले बताए ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराइएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी भनेको छ – ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’ । 

विशेष