News

किन आज भएन नयाँ प्रदेश प्रमुख नियुक्ति ?

किन आज भएन नयाँ प्रदेश प्रमुख नियुक्ति ?

काठमाडाैँ – राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्तको तयारीमा आज सहमति जुट्न सकेन। उच्च स्रोतका अनुसार सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि आजै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको योजना पूरा भएन ।

नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराइएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी भनेको छ – ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६र७र१७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’ । 

विशेष