News राजनीति

‘अघिल्लो सरकारका निर्णयहरु उल्टाएर राजनीतिक द्वन्द्व बढाउन खोजियो’

‘अघिल्लो सरकारका निर्णयहरु उल्टाएर राजनीतिक द्वन्द्व बढाउन खोजियो’

काठमाडाैँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयले राजनीतिक द्वन्द्व बढाउन खोजिएकाे जनाएकाे छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारकाे निर्णयप्रति असन्तुष्टि जनाउँदै भने,'यसले सरकार र विपक्षीबीच द्वन्द्व बढाउन खाेजिएकाे छ।'

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मात्र सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।

कांग्रेस प्रवक्ता शर्माले भने सरकार जरुरी काम छाडेर केही कार्यकर्तालाई जागिर खुवाउनेतिर लागेको टिप्पणी गरे ।‘आजको दिनमा सरकारले गर्नुपर्ने थुप्रै कामहरु छन्, तर त्यसलाई छाडेर आफ्नो निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेर आफ्नो असफताको खाडल खल्नेतिर लाग्यो’,उनले भने।

उनले अघि भने, ‘अघिल्लो सरकारका निर्णयहरु उल्टाएर राजनीतिक द्वन्द्व बढाउन खोजियो ।’उनले उपचुनावका लागि आचार संहितासमेत लागू भइसकेको अवस्थामा प्रदेश प्रमुखहरु हटाउने र नियुक्त गर्नु कति नैतिकपूर्ण हुन्छ भन्ने प्रश्न समेत गरे ।

विशेष