News

सातै प्रदेशमा ‘फरक’ विद्यालय बन्दै

सातै प्रदेशमा ‘फरक’ विद्यालय बन्दै

काठमाडौंः अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन् । नमूना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय र कैलालीको राष्ट्रिय मा.विलाई छानेको छ।

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले परिभाषा गरेका १० किसिमका अपांगता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको हो । 

विद्यालय बनेपछि शारीरिक अपांगतका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।  

फरक विद्यालय अपांगता बालबालिकाका

विशेष