मुख्य समाचार News

तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा, सर्‍यो मन्त्रिपरिषद् र सचिवालय बैठक

तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा, सर्‍यो मन्त्रिपरिषद् र सचिवालय बैठक

काठमाडौंः तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ ।

बालुवाटार स्रोतका अनुसार आइतबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट डायलासिस गर्न ग्राण्डी अस्पताल लगिएको हो ।

प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।

प्रधानमन्त्री अस्पताल गएपछि बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक र त्यसपछि बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकसमेत सरेको छ । मन्त्रिपरिषद् बैठक अब अपरान्ह बस्ने जनाइएको छ ।

केपी ओली सचिवालय बैठक ग्राण्डी अस्पताल

विशेष