News

कांग्रेस धनकुटा नगरका पूर्वसभापति श्रेष्ठको निधन

कांग्रेस धनकुटा नगरका पूर्वसभापति श्रेष्ठको निधन

धनकुटाः नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्वसभापति केदारलाल सिंह श्रेष्ठको गएराति निधन भएको छ ।

दुई बर्ष अघिदेखि मृगौला सम्बन्धि समस्याबाट ग्रसित श्रेष्ठको ८४ बर्षको उमेरमा गएराति १ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

धनकुटाको भीमनारायण चोक घर भएका श्रेष्ठ काठमाडौं बस्दै आएका थिए । काठमाडौंमै उनको निधन भएको कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए ।

श्रेष्ठको पार्थिव शरिरमा नेताहरुले पार्टीको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

करिब ४८ सालमा कांग्रेसको धनकुटा नगर सभापतिमा निर्वाचित भएका श्रेष्ठले चार बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेका थिए ।

इमानदार, कर्तव्य निष्ठ, साहसिक र कुसुल संगठनकर्ता श्रेष्ठको निधनले कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको पार्टी सचिव राईले बताए । स्वर्गिय श्रेष्ठका श्रीमतिसहित दुई छोरा र तीन छोरी छन् ।

धनकुटा नेपाली काँग्रेस केदारलाल सिंह श्रेष्ठ धनकुटा नगर कार्य समिति

विशेष