विदेश

वायुले दिल्ली दिउँसै अँध्यारो

वायुले दिल्ली दिउँसै अँध्यारो

नयाँदिल्लीः नोभेम्बर महिनासँगै भारतको राजधानी नयाँदिल्लीमा बढेको तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

दिल्लीस्थित राज्य सरकारले ५० लाख मास्क वितरण गर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास चेम्बर’ मा परिणत भएको टिप्पणी गरेका छन् । अघिल्ला वर्ष पनि यसै सिजनमा वायु प्रदुषण बढ्ने गरेको थियो ।

सामाजिक सञ्जालमा भने सरकारले बारम्बार हुने समस्या समाधान गर्न नसकेको भन्दै आलोचना गरेका छन् । दिल्लीको धुलाम्मे वायुमण्डलको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै विरोध जनाइएको हो ।

नोभेम्बर र डिसेम्बरमा दिल्लीका छिमेकी राज्य पन्जाब र हरियाणाका किसानले अन्नवाली भित्र्याएपछि खेतमा ठुटा पोल्ने गर्छन् । सोही कारण ठूलो मात्रामा धुवाँ वायुमा मिसिएपछि विषाक्त बन्ने गरेको विज्ञको भनाइ छ ।

बिबिसीका अनुसार यसको असर नेपालसम्मै पर्नसक्छ । सौराहा र लुम्बिनीमा यस सिजनमा प्रदुषण बढ्नुको कारण सीमापारबाट आउने वायु पनि कारक रहेको बिबिसी नेपालीले जनाएको छ । अन्नपूर्ण

भारतमा पाँच दिनका लागी संकटकाल घोषणा

वायु प्रदुषणको अवस्था खतराजनक अवस्थामा पुगेपछि नयाँदिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । भारतको सर्वोच्च अदालतबाट अनुमतिप्राप्त एक कार्यदलले शुक्रबार दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त घोषणासँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ सम्म राजधानीका दिल्लीका विद्यालय बन्द हुने घोषणा गरेका छन् । दिल्ली क्षेत्रका धेरै ठाउँमा वायुको गुणस्तर सूचक ५ सय माइक्रोग्राम प्रतिघनमिटर पुगेपछि त्यहाँ स्वास्थ्य संकटकाल घोषणा गरिएको हो ।

त्यस्तै वातावरण प्रदुषण नियन्त्रण तथा नियमण प्राधिकरणले पनि ५ नोभेम्बरसम्म दिल्ली, नोएडा, गुरगाउँ र गाँजियावाद क्षेत्रमा निर्माणका काम पूर्ण रुपमा रोक्न आदेश दिएको छ । वायुको गुणस्तर ५ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुग्नुलाई गम्भीर अवस्था मानिन्छ । 

नयाँदिल्ली अँध्यारो वायु

विशेष