News

खशी माग्ने डिएसपीमाथि छानबिन सुरु

खशी माग्ने डिएसपीमाथि छानबिन सुरु

बाँके । नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख हेमबहादुर शाहीमाथि छानबिन सुरु गरेको छ । व्यवसायीसँग खसी मागेको अडियो टेप सार्वजनिक भएपछि प्रदेश पाँच प्रहरीले छानबिनका लागि समिति गठन गरेको हो ।

एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिलाई दश दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । तरुण दल नेपालगञ्जका नगर सभापति सन्दिपजंग शाह पक्राउ परेको घटना सार्वजनिक भएपछि खसी मागेको टेप बाहिर आएको थियो ।

तरुण दलले प्रहरी आफैँले हतियार राखेर शाहलाई पक्राउ गरेको आरोप लगाएको छ ।

विशेष