आलमविरुद्ध मुद्धा दर्ता : सर्वस्वसहित जन्मकैद माग

आलमविरुद्ध मुद्धा दर्ता : सर्वस्वसहित जन्मकैद माग

रौतहट । सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैदको मागदाबी सहित अभियोगपत्र दर्ता गरेको छ । कार्यालयले आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै आज अभियोगपत्र दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो ।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ओसारपसार विरुद्ध अभियोग दर्ज गरेको हो । आलम बाहेक अन्य दस जना भने फरार छन् । प्रहरीले बुझाएको प्रतिवेदनमा आलमले आफ्ना भाइलगायतसँग मिलेर विस्फोटमा घाइते भएका मानिसहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेको दाबी गरिएको छ ।

संम्बधित खबर

विशेष