News

ऊर्जामन्त्री पुन र जर्मन राजदूत शेफरबीच भेटवार्ता

ऊर्जामन्त्री पुन र जर्मन राजदूत शेफरबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रालयमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागि धन्यवाद दिनुभएको थियो । त्यसका साथै उहाँले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिनुभयो ।

विशेष