जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने

जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने

काठमाडौँ । जबर्जस्ती करणी उद्योग मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च अदालत जाने भएका छन् ।

फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले जानकारी दिए । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा (७३) मा थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।

प्रारम्भिक अदालतले जारी गरेको थुनछेक आदेश बेरित (रितपूर्वक) नभएको देखिएमा पुनरावेदन सुन्ने एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा चित्त नबुझेको पक्षले पुनरावेदन गर्न सकिने कानूनी व्यवस्था रहेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले जानकारी दिए । 
 

संम्बधित खबर

विशेष