News

चक्रपथ सुधार आयोजना: कलंकी-चाबहिल सडक ८ लेनको बनाईदै

चक्रपथ सुधार आयोजना: कलंकी-चाबहिल सडक ८ लेनको बनाईदै

काठमाडौँ।  सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ ।

उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो । 

चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको हो ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईले लेखेका छन् । 

सडकखण्ड कलंकी- चाबहिल

विशेष