News

राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखहरु पदमुक्त

राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखहरु पदमुक्त

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिको कार्यालयद्वारा आइतबार विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको जानकारी दिइएको छ ।

यसरी पदमुक्त हुनेहरुमा प्रा।डा।गोविन्दबहादुर तुम्बाहाङ ९प्रदेश १०, रत्नेश्वर लाल कायस्थ ९प्रदेश २०, अनुराधा कोइराला ९प्रदेश ३०, बाबुराम कुवर ९गण्डकी, उमाकान्त झा ९प्रदेश ५०, दुर्गाकेशर खनाल ९कर्णाली र मोहनराज मल्ल ९सुदूरपश्चिम रहेका छन। 

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सातै प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गरेको थियो ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।  

प्रदेश प्रमुख पदमुक्त

विशेष