News

गैँडा छाप सिमेन्टको मूल्य घट्याे

गैँडा छाप सिमेन्टको मूल्य घट्याे

काठमाडौंः सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ।

अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँका दरले घटाइएको छ ।

यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा आठसय तीन रुपैयाँ रहेकोमा तीन दिनअघिदेखि २५ रुपैयाँ घटाएर सात सय ७८ रुपैयाँ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रवन्धक नवलकिशोर साहले बताए । यो समाचारआजको नागरिक दैनिकबाट लिइएको हो ।

मूल्य घटाउनासाथ बिक्री दोब्बरले बढेको उद्योग प्रशासनले जनाएको छ।

मूल्य गैँडा छाप सिमेन्ट

विशेष