News

अक्सर रातको समयमा नै किन रुन्छन कुकुर, यस्तो छ कारण

अक्सर रातको समयमा नै किन रुन्छन कुकुर, यस्तो छ कारण

हरेक धर्ममा जस्तै हिन्दु धर्ममा पनि विभिन्न कुराहरु उल्लेख गरिएको छ। जहाँ विभिन्न नीति नियम देखि लिएर शुभ अशुभ फलको बारेमा पनि बताईएको हुन्छ।  यसै मध्ये रातको समयमा कुकुर रुनुलाई धर्ममा अशुभ हो भनेर भनिएको छ।  तर के रातको समयमा कुकुर रुनु साच्चीकै अशुभ हो त ? आउनुहोस यसका बारेमा हामी तपाईलाई आज केहि कुरा बताउन जादैछौं  

ज्योतिषशास्त्रका अनुसार रातको समयमा कुकुर यसकारण रुन्छ जब उसले आसपासका आत्माहरु देख्छ तिनै आत्मा देखेर कुकुर रातको समयमा बढी रुने र कराउने गर्दछ त्यस्तै बिज्ञानले भने रातको समयमा कुकुर रुनुको कारण अर्कै भएको बताउछ। 

-सबैभन्दा पहिले कुकुर यस कारण राती धेरै कराउछ जब ऊ एक्लै हुन्छ, साथीलाई उपस्थित हुन संदेश पुर्याउनका लागि अक्सर कुकुरले रातमा यस किसिमको हर्कत गर्ने गर्छ।   

-बैज्ञानिक मान्यतका अनुसार असह्य पिडा खप्न नसकेमा पनि बढीजसो कुकुरहरु रातको समयमा रुने कराउने गर्छन।  यो उसको आफ्नो व्यथा जाहिर गर्ने एक उपाय हो।  कुकुर एक यस्तो प्राणी हो जो मानिससंग घुलमिल गर्न बढी रुचाउछ।  जब उ रातमा आफु एक्लो भएको महसुस गर्छ तब कराउन थाल्छ।  

अब यदि तपाईले अर्को पटक पनि रातमा कुकुर रोएको सुन्नुभयो भने त्यसलाई लखेट्ने होइन सहयोग गर्न पट्टि लाग्नुहोस किनकी कतै उसलाई तपाईलाई जस्तो भोक लागेको या केहि समस्या आइपरेको पनि त हुनसक्छ। 

'हरेकलाई  समस्या परेको बेलामा सहयोग गर्नु मानवताको धर्म हो'। 

 

अशुभ कुकुर रुनु शुभ

विशेष