News

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जना समातिए

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जना समातिए

काठमाडौंः चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम प्रहरीले गोप्य राखेको छ । आक्रमण गर्ने अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथि चितवनमा गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा अज्ञात समूहले आक्रमण गरेको थियो । प्रहरीले आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।
 
बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर एक कार्यक्रममा जाँदै गर्दा शाहीमाथि आक्रमण भएको थियो । आक्रमणमा शाहीको टाउकोमा चोट लागेको थियो । 

ज्ञानेन्द्र शाही चितवन

विशेष