बसको ठक्करबाट बाबु-छोरीको ज्यान गयो
बिराटनगर। सवारी दुर्घटनामा परि बाबु छोरीको मृत्यु भएको छ।
कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छाेरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।
शुभलाल पेशाले चिकत्सक र उनकी छोरी नर्स हुन्। शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए ।विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
सोमवार बिहान घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिएका छन।
बसको ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाबु छोरीको मृत्यु