स्थानीय गाई संरक्षणका नेपालमै पहिलोपटक गौमहोत्सव हुने
पर्वत।स्र्थनिओत्य गाईको संरक्षण गर्नका लागि नेपालमा नै पहिलोपटक गौमहोत्सव आयोजना हुने भएको छ।
पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो ।
वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिएका छन।
धार्मिक तथा पर्यावरणीय रूपमा समेत गाईको ठुलो महत्व रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणका लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवका रूपमा महायज्ञ सञ्चालन गर्न लागिएको आचार्यले जनाएका छन। यसका साथै महायज्ञबाट संकलन भएको रकम गाईको संरक्षणमा खर्च गरिने समेत बताईएको छ।
गौशालाको क्षमता विस्तार गरी लोपन्मुख गाईको संरक्षणका लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिएका छन।
महायज्ञबाट करीब पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्यसँगै पण्डित सुदर्शन बरालको कथा वाचन र प्रवचन रहनेछ ।
गौमहोत्सव